शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जीप दुर्घटनामा तीन जनाको मृत्यु

बिहीबार, ०३ पुस २०७६, ११ : ४०
बिहीबार, ०३ पुस २०७६

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । । 

बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीले जानकारी दिए । 

मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठ रहेका छन् ।

घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप