सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अब कहाँ छन् निर्भयाका साथी जो घटनास्थलमा उनीसँगै थिए, यसो भन्छन् पिता

बिहीबार, ०३ पुस २०७६, १२ : ३०
बिहीबार, ०३ पुस २०७६

भारतको हैदराबाद काण्ड र उन्नाव बलात्कार मुद्दापछि निर्भयाको सामूहिक बलात्कार र हत्याराका दोषीलाई तत्काल फाँसी दिनुपर्ने माग एकपटक पुनः चुलिएको छ । यो मागसँगै निर्भयामाथि घटना भएको दिन उनीसँगै उपस्थित उनका साथी अविन्द्र कहाँ छन् भनेर धेरैले चासो दिएका छन् ।

गोरखपुरमा बसिरहेका उनका परिवारले उनीबारे केही पनि जानकारी दिन चाहँदैनन् । यद्यपि, एक भारतीय संचारमाध्यमले उनको घरमै गएर अविन्द्रबारे सोधपुछ गरेका छन् ।

बलात्कारी र हत्याराको सामना गरेका अविन्द्र आजकाल गोप्य जीवन बिताउन बाध्य भएको उनको परिवारले जानकारी दिएका छन् । निर्भयासँगै हमलाकर्ताको सामना गर्ने अविन्द्रबारे आज कसैलाई पनि खासै जानकारी छैन ।

१६ डिसेम्बरको घटनापछि थुप्रै दिनसम्म अस्पतालको बसाईंपछि अविन्द्र अब कुनै गोप्य स्थानमा बस्छन् । उनको परिवार भने गोरखपुरमा बस्छन् । अवनिन्द्रका आफन्त चाहँदैनन् कि उनका छोराबारे कसैलाई पनि कुनै जानकारी होस् ।

गोरखपुरका चर्चित वकिल भनिने अविन्द्रका पिता भानु प्रतापसँग १६ डिसेम्बरको घटनाबारे कुराकानी हुँदा उनी भावुक भएको स्रोतले बताएको छ । भानु प्रतापले भने, ‘यो घटना भएको पनि सात वर्ष बितिसकेको छ । अब त मेरो छोराले अर्कै जीवन बाँचिरहेको छ ।’

उनले थपे, ‘उक्त घटनापछि अवनिन्द्रलाई यति प्रश्न सोधियो कि उनी यसबाट अघि बढ्नै सकेनन् । त्यसकारण यो निश्चित थियो कि यदि अविन्द्र दिल्ली वा गोरखपुरमा बस्छन् भने उनले जीवनमा खासै राम्रो गर्न सक्दैनन् भन्ने निश्चित थियो तर अब यस्तो छैन ।’

घटना हुँदा अविन्द्र महाराष्ट्रको पुणेमा प्रतियोगी परीक्षाको तयारी गरिरहेका थिए । आजकाल उनी एक नीजि कम्पनीमा इन्जिनियरको रुपमा काम गरिरहेका छन् र विदेशमा छन् । उनका बुवाले भने, ‘निर्भयाका दोषीलाई सर्वोच्च अदालतले फाँसीको सजाय यथावत् राखोस् भन्ने उनको सधैंको इच्छा छ ।’

निर्भयाबारे अविन्द्रले भनेका थिए, ‘हरेक पटक एउटै पीडाले सताउँछ कि दोस्ती अधुरै रह्यो । साथीलाई प्रत्येक पल साथ दिने वचन टुट्यो । मैले उनलाई बचाउन सकेको भए... । कतै न कतै मनमा सधैं अपराधबोध भइरहेकै हुन्छ ।’

अविन्द्रले भनेका थिए, ‘न्याय पाइयो तर अधुरो । यद्यपि, एउटा कुराले चाहिँ राहत महसुस गराउँछ किनभने उनको बहानाले नै सही देशको कानूनमा केही परिवर्तन र जनतामा जागरुकता त आयो । तर ५ देखि १० प्रतिशत मात्रै परिवर्तन आयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप