शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

शिक्षा प्रमुखले शिक्षकको तलब हिनामिना गरेको आरोप

बिहीबार, ०३ पुस २०७६, १३ : २४
बिहीबार, ०३ पुस २०७६

रौतहट  । स्थानीय तहका शिक्षकको हकहितका लागि कामगर्ने उद्देश्यले तोकिएका शिक्षा संयोजनले आफ्नै सहकर्मी शिक्षकहरुको पारिश्रमिक बापतको लाखौं रकम रुपैया अनियमितता आरोप लागेको छ । 

रौतहटको फतुआ बिजयपुर नगरपालिकाका शिक्षा संयोजक बुनिलाल प्रसाद यादवले आफ्नै सहकर्मी शिक्षकको पारिश्रमिक रकम गायब पारेको आरोप लागेको हो । 

 गत अषाढ मसान्तमा शिक्षकको पारिश्रमिक बापत नगरपालिकाबाट निकासा गराएको लाखौंरुपैया संयोजक बुनिलालले हिनामिना गरेको शिक्षकहरुको आरोप छ । 

गत आर्थिक बर्षमा नगरक्षेत्र अन्तर्गतका २९ वटा बिद्यालयमा पटक पटक गरी पाँचवटा परीक्षा सञ्चालन भएको थियो ।

परीक्षामा खटिने र उत्तर पुस्तिका जाँचगर्ने कार्यमा खट्ने शिक्षकको पारिश्रमिक विजयपुर नगरपालिकाले गत अषाढ मसान्तमा कुल चार लाख ३९ हजार रुपैयाँ निकासा गरेको थियो । तर सो रकम उनले सम्बन्धितलाई भुक्तानी नगरी हिनामिना गरेका हुन् । 

 केहीदिन अघि शिक्षकहरुको तलवको माग गर्दै फतुआ जिजयपुर नगरपालिका अगाडि धर्ना बस्दै मेयर गोपाल प्रसाद यादवलाई गुनासो गरेका थिए । 

सोहीसमय मेयर यादवले शिक्षकको परीक्षाको पारिश्रमिक बापतको रकम अषाढ मसान्तमै निकासा दिएको बताएपछि रकम हिनामिना भएको खुलासा भएको पीडित मध्येका एक शिक्षक अशोक जयसवालले बताए । 

शिक्षा संयोजक बुनिलाललाई रकम फिर्ता गर्न सबै शिक्षकले दवाब दिएपछि केहीदिन भित्रै फिर्ता गर्ने लिखित सहमति भएको शिक्षक जयसवालले बताए । 

आरोपी शिक्षक बुनिलाल यादवले गल्ती स्वीकार गर्दै पुस ४ गते शुक्रवार शिक्षकहरुलाई बितरण गरिने बताएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप