शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी फागुन २ देखि ७ सम्म ‘क्यान इन्फोटेक २०२०’ हुँदै, यस्ता छन् आकर्षण

बिहीबार, ०३ पुस २०७६, १४ : २७
बिहीबार, ०३ पुस २०७६

काठमाडौं– कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष ‘क्यान इन्फोटेक २०२०’ आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ । 

क्यान इन्फोटेक महासंघको फ्ल्यागसिप कार्यक्रम हो । वार्षिकरुपमा आयोजना हुने यो मुलुककै ठूलो मेला तथा प्रदर्शनी पनि हो । सन २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ ।

प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल , कणार्ली प्रदेशको सुर्खेत र सुदरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरिय तथा प्रदेश ५ को नेपालगञ्ज मा जिल्लास्तरिय प्रर्दशनीको आयोजना हुने आयोजकले जनाएको छ । 

२६औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे, एसोशिएट प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड,  अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्स  तथा टिकट पार्टनरमा र्इपे ले प्रायोजन गरेको छ । सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसन ले गरेको छ भने एसोशिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजन पनि खुला गरिएको छ । 

प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनी जस्ता सुविधा पाउने छन् ।  

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको हो । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । 

ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि हामीले लिएको आयोजकले जनाएको छ । 

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । 

यो प्रर्दशनी सुचना प्रबिधि सम्बन्धि चासो राख्नेहरुको लागि सुचना तथा संचार प्रबिधिको क्षेत्रमा भएका विकास तथा प्रयोग का बारेमा जानकारि लिने थलो  हुने बिश्वास पनि आयोजकको छ ।

क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ । 

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थी द्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुनछ ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् । 

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । 

गत वर्ष करिब ३ लाख ७६ हजार भन्दा बढीले अवलोकन गरेको मेलामा यो वर्ष ४ लाख भन्दा बढी अवलोकनकर्ता आउने हामीले अपेक्षा आयोजकको छ । 

यस पटकको सबै इन्फोटेकहरुमा प्रवेश टिकट लाई पेपरलेस गर्ने प्रयास आयोजकको छ । यसै सन्दर्भमा क्यान इन्फोटेक २०२० का लागि मिति २०७६ पौष ६ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला गरिँदै छ ।

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ÷संस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैर राजनीतिक, गैर  नाफामुलक चरित्रको संस्था हो । 

यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधि सम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजिकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिंदै आएको छ । 

क्यान सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रुपान्तरित भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप