आइपीएल लिलामी : १४०.३ करोड भारु खर्च, कमिन्स बने इतिहासकै सर्वाधिक महङ्गो

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएलको १३ औँ संस्करणका लागि बिहीबार खेलाडीहरुको लिलामी भएको छ । अधिकतम ७३ खेलाडीहरुको बोली लगाउन सकिनेमा ५ घण्टा चलेको लिलामीमा ६२ खेलाडी बिकेका छन् । यसमा ३३ भारतीय र ३३ विदेशी खेलाडी रहे ।
आइपीएलका टोलीहरुले खेलाडीहरु किन्न १४०.३ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । यसमध्ये अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स आइपीएलको इतिहासकै सबैभन्दा महङ्गो विदेशी बनेका छन् । उनलाई कोलकाता नाइटराइडर्सले १५.५ करोड रुपैयाँ भारुमा किनेको छ ।
त्यस्तै, अस्ट्रेलियाका ग्लेन म्याक्सवेललाई किङ्ग्स इलेभेन पञ्जाबले १०.७५ करोड भारुमा खरिद गरेको छ । दक्षिण अफ्रिकाका क्रिस मोरिस १० करोड रुपैयाँमा बिके । उनलाई रोयल च्यालेन्जर्स बैंगलुरुले आफ्नो टीममा सामेल गर्यो ।
कोर्टेल १७ गुणा धेरै मूल्यमा बिके
विकेट लिए पछि आर्मी स्यालुट गरेर चर्चित वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कर्टेलका लागि पनि टोलीहरु ठूलो बोली लगाएका थिए । उनलाई पञ्जाबले ८.५ करोड भारुमा किन्यो । भारतीय खेलाडीहरुमध्ये पीयूष चावला सबैभन्दा धेरै मूल्यमा बिक्री भए । उनलाई चेन्नाई सुपर किङ्ग्सले ६.७५ करोडमा खरिद गर्यो ।
यसमा राजस्थानका तीव्र गतिका बलर रवि बिश्नोई ले सबैलाई चकित बनाए । यसअघि चर्चामा नभएका यी खेलाडीको बेस प्राइस २० लाख थियो । उनलाई पञ्जाबले २ करोडमा किन्यो । अन्डर १९ का कप्तन प्रियम गर्गलाई सनराइजर्स हैदराबादले १.९ करोड भारुमा खरिद गर्यो । १७ वर्षका यशस्वी जायसवाललाई २.४ करोड भारुमा राजस्थानले किन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !