मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू
सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो ।
१६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन ।
विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले भने, सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको छ सहकारीहरूले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिएको छ भने विभागमा उजुरी गर्नु हामी कारबाही गर्छौं, अनुगमन पनि गरेका छौँ ।
विभागको दाबीलाई जिल्ला सहकारी सङ्घ लिमिटेड काठमाडौँले भने चुनौती दिएको छ । बढी ब्याजदर लिने सहकारीको नाम उल्लेख नगरीकन सङ्घका अध्यक्ष टङ्कप्रसाद चौलागाईंले भने, कोही–कोही सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिएका छन, कोहीले त्योभन्दा पनि कम लिएका छन, सैद्धान्तिक रूपमा सन्दर्भ ब्याजदरप्रति हाम्रो विरोध छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण