नेपालमा विद्युत् उत्पादनमा वृद्धि भएपछि विद्युतीय चुलोको प्रयोगमा जोड
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले नेपालमा विद्युत्को उत्पादनमा वृद्धि भएसँगै यसको खपत बढाउन र आयातित खाना पकाउने एलपी ग्यासको निर्भरतालाई घटाउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागले यहाँ आयोजना गरेको विद्युतीय चुलोको मापदण्डसम्बन्धी छलफल कार्यक्रममा उनले एलपिजीको आयातमा मुलुकले वर्षेनी अर्बौँ रुपैँया खर्चिनु परेको उल्लेख गर्दै विद्युतीय चुलोको प्रयोगबाट समृद्ध नेपाल सुखी नेपालीको अभियानमा टेवा पु¥याउन सकिने विश्वास व्यक्त गरे । उनले लाखौं इन्डक्सन चुलो किन्दा ठूलो धनराशि विदेशमा जाने भएकाले त्यसलाई रोक्न स्वदेशमै प्रविधिको विकास तथा प्रविधि परीक्षणको प्रयोगशाला निर्माणमा समेत लाग्नुपर्ने आवश्यकता औँल्याए ।
केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले विद्युतीय चुलोको मापदण्डलाई कार्यान्वयन गराउन केन्द्रले पहल गर्ने बताए । विद्युतीय चुलोको प्रयोगले विद्युत् खपत बढाउन, घरभित्रको प्रदूषण न्यून गर्न, वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यसलाई राष्ट्रिय अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिँदै सरकारको स्वच्छ नेपालको सपना साकार गर्न सकिने धारणा राखे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिलिपकुमार सडौलाले विद्युतीय चुलोको मापदण्ड कार्यान्वयनमा सहयोग पु¥याउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा व्यक्त गर्दै यसले मुलुकमा उत्पादित ऊर्जाको खपतमा टेवा पु¥याउने बताए ।
नेपाल गुणस्तर तथा नापतौल विभागको पहलमा पहिलोपटक विद्युतीय चुलोको गुणस्तर मापदण्ड तयार गरिएको छ । क्लिन कुकिङ्ग एलायन्सको आर्थिक सहयोग तथा नेपाल इनर्जी फाउण्डेसनले प्राविधिक सहयोगमा सो मापदण्ड तयार गरिएको हो । कार्यक्रममा नेपालमा विद्युतीय चुलोको मापदण्ड पुस्तकको पनि विमोचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण