शीतल निवासमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको लञ्चसहित भेटवार्ता, स्थायी कमिटी बैठकमा मागियो स्पष्टीकरण
काठमाडौ । धुम्वाराहीमा (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर बिहानको खाना (लञ्च) सहितको भेटवार्ता गरेपछि राष्टपति भेट्ने नेताहरुले स्पष्टीकरण दिनुपरेको छ । उनीहरु पार्टीको बैठकस्थलमा ढिला पुगेपछि किन ढिला भन्दै शीर्ष नेताहरुले प्रश्न गरेका थिए । जवाफमा नेताहरुले राष्ट्रपतिले बोलाएकाले भेट गरेर आउँदा केही मिनेट ढिला भएको जवाफ दिएका थिए । त्यसपछि बैठकको कामकारवाही सुरु भएको थियो ।
राष्टपति कार्यलयबाट नेकपाका नेताहरुलाई छुट्छुटै फोन गरेर बोलाएपछि नेताहरु बिहान शीतल निवास पुगेका थिए । तर भेटवार्ता भने सामुहिक गरिएको थियो । भेटमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम र बजेटबारे नेताहरुसँग चासो राखेकी थिइन् । ‘मैले तपाइहरुलाई यहाँ बोलाउनुको विशेष र खास कारण छैन । सरकारको नीति तथा कार्यक्रम र बजेट कसरी कार्यान्वयन भइरहेको छ । त्यो तपाइहरुसँगै बुझ्दा राम्रो हुन्छ भनेर बोलाएकी हुँ । बजेट मिल्यो मिलेन तपाइँहरुलाई कस्तो लाग्छ ?’ नेताहरुसँगको सामुहिक भेटमा राष्ट्रपतिको जिज्ञासा थियो । जवाफमा केही नेताहरुले सामान्यतया सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भइरहेको छ भन्ने जवाफ दिएका थिए । ठुलठुला भौतिक पूर्वाधारका काम हुन लागेको तर स–साना खाल्डाखुल्डीका कुरामा जनताका गुनासा आउने गरेको नेताहरुले राष्ट्रपतिलाई सुनाएका थिए ।
भेटवार्तापछि राष्ट्रपति भण्डारीले खाना खाएर जान नेताहरुलाई आग्रह गरेकी थिइन् । ‘खाना खान थालेपछि केही ढिला भएको हो’ राष्ट्रपतिले नेताहरुलाई भेटेको विषयलाई अन्यथा लिन नहुने भेटमा सहभागी नेता देवेन्द्र पौडेलले बताए । ‘उहाँले खेलाडी लगायत विभिन्न प्रकारका व्यक्तिहरुलाई भेट्नुहुन्छ । हामीले जानेअनुसार राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन । भेटमा हामीलाई पनि कुनैपनि कार्यकारीको जस्तो गन्ध आउने संकेत पनि गर्नुभएको छैन । त्यसैक्रममा हामी राजनीतिकर्मीलाई पनि भेटेको हो । तर यो भयंकर ठुलो अपराध जस्तो गरेर समाचार बाहिर आयो । यो दुःख लाग्दो विषय हो । फेरि उहाँले कुनै त्यस्तो अधिकार लिन खोजेको जस्तो पनि देखिदैन ।’ स्थायी समितिको बैठक बसेका बेला किन भेटनुभयो भनेर प्रश्न गर्नु स्वभाविक भएको पौडेलले बताए ।
राष्ट्रपति भण्डारीले जारी स्थायी समिति बैठकबारे कुनै चासो नदेखाएको पनि भेटमा सहभभागी नेता देवेन्द्र पौडेलको दावी छ । उनले आफुहरु २५ मिनेट मात्रै ढिलो बैठकस्थल पुगेको बताए । राष्ट्रपति भेट्न नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायत शीतलनिवास पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण