भारतमा प्रदर्शनः भागदौडमा ८ वर्षीय बालकसहित मृत्यु हुनेको सङ्ख्या २० पुग्यो (अपडेट)
शनिबार, ०५ पुस २०७६, २३ : २७
नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन् ।
शनिबारको मृत्युसङ्ख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको उत्तर प्रदेशमा प्रदर्शनकारी थप हिंसात्मक बनेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि चार प्रदर्शनकारीको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रवक्ता शिरिषचन्द्रले एएफपीलाई बताए ।
शनिबार बाराणासीमा प्रहरीको दवाबपछि करिब दुई हजार ५०० प्रदर्शनकारीहरूबीच भएको भागदौडका क्रममा आठ बर्षिय बालकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रभाकर चौधरीले बताए । एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण