रमेश बाहुन समुहका सुटर पक्राउ
आइतबार, ०६ पुस २०७६, १५ : ००

काठमाडौँ । प्रहरीको गुण्डाको सूचीमा रहेका रमेश बाहुन भनिने सुजन पौडेल समूहका एक सुटर पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नवलपरासी घर भएका दुर्गा राई रहेका छन् । राई यसअघि पनि ५ वर्ष जेल सजाय भोगेर छुटेका हुन् । उनी लतिलपुरका काँग्रेस नेता मिनकृष्ण महर्जनलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए ।
व्यवसायीलाई धामधम्की दिएर असुली गर्ने र गुण्डागर्दी गर्ने गरेको आरोपमा राईलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
राईलाई प्रहरीले कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।
त्यस्तै, अर्का गुण्डानाइके दावा लामाको प्रतिनिधित्व गर्ने विष्णु धिताल पनि पेप्सीकोलाबाट पक्राउ परेका छन् ।
एसएसपी सहकुल थापाले दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने