ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षीय रणनीतिक योजना बनाइने
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षीय रणनीतिक योजना बनाउने घोषणा गरेका छन् । मन्त्री गुरुङले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा प्रयोग हुनेगरी सरकारले ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षे रणनीतिक योजना तय गर्न लागेको पनि स्पष्ट पारेका हुन् ।
आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ज्येष्ठ नागरिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकहरुको हित हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलार्ई आह्वान गरे ।
‘ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई मुलुकको समृद्धिसँग जोडेर अघि बढने गरी सरकारले १० वर्षे रणनीतिक योजना बनाउने कामलाई अघि बढाएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सुझाव दिन ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संघ, संस्था तथा विज्ञहरुलाई आह्वान गर्दछु ।’
मन्त्री गुरुङले विपन्न वर्गका ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले ज्येष्ठ नागरिकसम्बन्धि कार्यक्रमलाई ‘रुपान्तरणकारी कार्यक्रम’को रुपमा अघि बढाउन सरकारले चाहेको पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक सुझाव दिन मन्त्री गुरुङले अवकाश प्राप्त नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुलाई पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण