गाउँपालिका प्रमुख पक्राउ
आइतबार, ०६ पुस २०७६, २१ : ३३
बारा । बाराको एक गाउँपालिका प्रमुख सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् ।
फरार रहेका राउतलाई आज जिल्ला प्रहरी कार्यलय बाराको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिए ।
जिल्ला अदालत बाराले विसं २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यसपश्चात केही समय उनी फरार रहेका थिए । त्यही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण