बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मनाङसँग हार्यो आर्मी

सोमबार, ०७ पुस २०७६, १४ : ४२
सोमबार, ०७ पुस २०७६

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । 

दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हरायो । जितसँगै ६ अंक बनाएको मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।

 मनाङको जितमा दयानन्द सिंह नायक बने । सिंहले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्दै मनाङलाई जिताएका थिए ।

मनाङले आफ्नो पहिलो खेलमा अर्काे विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको थियो ।

आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलले हराएको थियो । आर्मीको गोल प्रयासमा बाधक बनेका मनाङका गोलरक्षक दीप कार्की म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप