मनाङसँग हार्यो आर्मी
सोमबार, ०७ पुस २०७६, १४ : ४२
साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हरायो । जितसँगै ६ अंक बनाएको मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।
मनाङको जितमा दयानन्द सिंह नायक बने । सिंहले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्दै मनाङलाई जिताएका थिए ।
मनाङले आफ्नो पहिलो खेलमा अर्काे विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको थियो ।
आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलले हराएको थियो । आर्मीको गोल प्रयासमा बाधक बनेका मनाङका गोलरक्षक दीप कार्की म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण