सरकारले एमसीसीसँगको सम्झौता पारित गर्ने तयारी गरेलगत्तै बोल्यो विप्लव नेतृत्वको नेकपा
सोमबार, ०७ पुस २०७६, १९ : ४५
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता र सो सम्झौतालाई संसदबाट पारित गर्ने तयारी प्रति गम्भीर आपत्ति जनाएको छ । सो पार्टीले आज एक विज्ञप्ति जारी गरी उक्त सम्झौता संसदको हिउँदे अधिवेशनबाट पारित गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा अमेरिकी साम्राज्यवादी शक्तिले दक्षिण एसिया र नेपाललाई प्रयोग गर्ने दुष्ट, कुत्सित नियतले अमेरिकाले नेपाललाई मोटो रकम गुलियो विषमार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षडयन्त्र गरिएको दाबी गरिएको छ । विज्ञप्तिमा सबै पक्षलाई उक्त सम्झौताका विरुद्धमा उत्रिन समेत आह्वान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण