प्रेस सङ्गठन नेपालले महोत्तरीमा पायो पूर्णता
महोत्तरी । प्रेस सङ्गठन नेपालको महोत्तरी जिल्ला समितिले पूर्णता पाएको छ । पहिलेका प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरणपछि बनेको प्रेस सङ्गठन नेपालको आज महोत्तरीको बर्दिवासमा सम्पन्न संयुक्त भेलाले जिल्ला समायोजनको कामलाई पूर्णता दिएको हो ।
सम्पन्न संयुक्त भेलाले विगतका दुवै सङ्गठन अव जिल्लामा समायोजन भएको घोषणा गर्दै राजकरण महतोलाई संयोजक र विनोद पौडेललाई सहसंयोजकको जिम्मेवारी तोकेको हो । समितिका सदस्यमा आशा तोलङ्गे, यशोदा बस्नेत, धनवीर महतो, ललन मण्डल, रामनारायण महतो, रामबाबु यादव र अमृतकुमार महतोसहित तोकिएका छन् ।
प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य एवं प्रदेश–२ का संयोजक हीरालाल चौधरी, उपत्यका प्रदेश समितिका संयोजक नवराज दाहाल र महोत्तरीबाट नै केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सुनिता बरालकोे उपस्थितिमा विगतका दुई सङ्गठनको जिल्ला तहको समायोजन भेला आज सम्पन्न भएको हो ।
महोत्तरीमा जिल्ला समायोजन गरिएसँगै प्रदेश–२ का सबै जिल्लामा सङ्गठन समायोजनको काम सम्पन्न भएको प्रदेश–२ संयोजक हिरालाल चौधरीले जानकारी दिनुभयो । अब प्रदेश समितिलाई पूर्णता दिइने प्रदेश संयोजक चौधरीको भनाइ छ । संयुक्त भेला गोपाल बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण