भ्रमण वर्षको सन्दर्भमा ८० वटा संगठनहरुसँग प्रत्यक्ष संवाद
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरुसँगको छलफल महत्वपूर्ण हुने उनले बताए ।
मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनहरुसँग छलफल भएको र बुधबार पनि गरी करिब ८० वटा संगठनहरुसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उनले बताए ।
मन्त्री भट्टराईले मंगलबारको छलफलमा सहभागि तीनवटै संगठनहरुलाई जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संगठनबाट एक सयजनालाई सहभागी गराउन पनि आग्रह गरे ।
पाँचतारे होटलहरुमा नेपाली खानाको मेन्यु राख्न निर्देशन दिइसकेको बताउँदै उनले होमस्टेहरुमा बास बस्नका लागि मात्रै नभएर स्थानीय उत्पादनलाई टेवा पुग्ने गरी खानाको व्यवस्था गर्नुपर्ने पनि बताए ।
जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण