मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बेसारले तौलसमेत घटाउँछ, थाहा पाउनुस् यसका अन्य फाइदा

बुधबार, ०९ पुस २०७६, १३ : ३९
बुधबार, ०९ पुस २०७६

सामान्यतया हामी खानामा बेसारको प्रयोग यसको रङको लागि गर्छौं तर यसले तौल पनि घटाउँछ भन्ने सुन्दा कताकता पत्यार पनि नलाग्ला । तर बेसारमा पाइने विभिन्न तत्वका कारण प्राचिन कालदेखि यो प्रयोगमा रहिरहेको छ । बेसारमा एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ । यो पेटको समस्या, मेटाबोलिक डिसअर्डर, मोटोपना र अन्य समस्यामा लाभदायक हुन्छ । बेसार धेरै खानु हुँदैन तर सिमित मात्रामा यसको सेवनले अनेक लाभ छन् ।

शरीर सुन्निँदा फाइदाजनकः

बेसार भएको दुध पिउँदा सुन्निएको शरीर बसाउने काम गर्छ । बेसारमा कर्क्युमिन नामको एन्टिअक्सिडेन्ट पाइन्छ जसले जोर्नी दुखाईलाई काम गर्न मद्दत गर्छ । बिहान मनतातो पानीसँगै बेसार खाँदा यसले विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।

तौल घटाउँछः

बेसारले रगतमा चिनीको मात्रालाई नियन्त्रण गरेर इन्सुलिन प्रतिरोधलाई रोकेर तौल घटाउन सहयोग गर्छन । व्यक्तिले आफ्नो हरेक खानामा बेसारलाई समावेश गर्न प्रयास गर्नुपर्छ । बेसारको सेवनले पेटमा भएको पित्त उत्पादनमा वृद्धि हुन्छ । पित्तले खाना पचाउने रस निष्कासन गर्छ जसले बोसोलाई कम गर्न मद्दत गर्छ ।

एन्टिअक्सिडेन्टले भरपुरः

बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले तपाईंको शरीरमा कुनै पनि क्षती हुनबाट जोगाउने गर्छ । आयुर्वेदमा बेसारलाई पीडा कम गर्ने औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप