बेसारले तौलसमेत घटाउँछ, थाहा पाउनुस् यसका अन्य फाइदा
सामान्यतया हामी खानामा बेसारको प्रयोग यसको रङको लागि गर्छौं तर यसले तौल पनि घटाउँछ भन्ने सुन्दा कताकता पत्यार पनि नलाग्ला । तर बेसारमा पाइने विभिन्न तत्वका कारण प्राचिन कालदेखि यो प्रयोगमा रहिरहेको छ । बेसारमा एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ । यो पेटको समस्या, मेटाबोलिक डिसअर्डर, मोटोपना र अन्य समस्यामा लाभदायक हुन्छ । बेसार धेरै खानु हुँदैन तर सिमित मात्रामा यसको सेवनले अनेक लाभ छन् ।
शरीर सुन्निँदा फाइदाजनकः
बेसार भएको दुध पिउँदा सुन्निएको शरीर बसाउने काम गर्छ । बेसारमा कर्क्युमिन नामको एन्टिअक्सिडेन्ट पाइन्छ जसले जोर्नी दुखाईलाई काम गर्न मद्दत गर्छ । बिहान मनतातो पानीसँगै बेसार खाँदा यसले विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।
तौल घटाउँछः
बेसारले रगतमा चिनीको मात्रालाई नियन्त्रण गरेर इन्सुलिन प्रतिरोधलाई रोकेर तौल घटाउन सहयोग गर्छन । व्यक्तिले आफ्नो हरेक खानामा बेसारलाई समावेश गर्न प्रयास गर्नुपर्छ । बेसारको सेवनले पेटमा भएको पित्त उत्पादनमा वृद्धि हुन्छ । पित्तले खाना पचाउने रस निष्कासन गर्छ जसले बोसोलाई कम गर्न मद्दत गर्छ ।
एन्टिअक्सिडेन्टले भरपुरः
बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले तपाईंको शरीरमा कुनै पनि क्षती हुनबाट जोगाउने गर्छ । आयुर्वेदमा बेसारलाई पीडा कम गर्ने औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण