शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर र जाडोका कारण तराई क्षेत्रको कैलाली कञ्चनपुर जिल्ला सगै पहाडी जिल्ला हरुमा समेत जनजीवन कस्टकर बनेको हो ।
जाडोसँगै तराई र पहाडी जिल्लाका अस्पतालहरुमा विरामीको संख्या पनि बढ्न थालेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जाडो र शीतलहर बढेसँगै दैनिक १ सय २० जनाको संख्याका विरामीहरु सेती अञ्चल अस्पतालमा उपचार गर्न आइरहेको सेती अञ्चल अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले जानकारी दिए ।
उनले निमोनिया,रुघाखोकी,श्वासप्रश्वास,ब्लडप्रेसरका विरामीहरुको संख्या ह्वात्तै बढ्न थालेको बताए ।
जाडो र शीतलहरबाट बच्नका लागि झोलिलो कुरा खाने,मर्निङ वाक जाँदा मोटो कपडा लगाएर जाने र न्यानो लुगा लगाएर घर भित्रै बस्न उपयुक्त हुने डा. जोशीको भनाइ छ ।
तराई र पहाडका विभिन्न स्थानहरुमा शीतलहर र जाडो छेक्न नागरिकहरुले आगो ताप्ने गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नं. १३ का स्थानीय विनोद पन्तले दुईदिन यता शीतलहरसँगै जाडो बढेका कारण काम छोडेर आगो ताप्ने गरेको बताए ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले विभिन्न वडाहरुमा कम्मलहरु वितरण गर्ने कार्य जारी राखेको बताए । उनले रेडक्रस संग समन्वय गरेर चिसोको बेला नागरिकलाई सुरक्षित राख्नका लागि पहल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स