शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै
धनगढी । सुदूरपश्चिम प्रदेशमा शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर र जाडोका कारण तराई क्षेत्रको कैलाली कञ्चनपुर जिल्ला सगै पहाडी जिल्ला हरुमा समेत जनजीवन कस्टकर बनेको हो ।
जाडोसँगै तराई र पहाडी जिल्लाका अस्पतालहरुमा विरामीको संख्या पनि बढ्न थालेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जाडो र शीतलहर बढेसँगै दैनिक १ सय २० जनाको संख्याका विरामीहरु सेती अञ्चल अस्पतालमा उपचार गर्न आइरहेको सेती अञ्चल अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले जानकारी दिए ।
उनले निमोनिया,रुघाखोकी,श्वासप्रश्वास,ब्लडप्रेसरका विरामीहरुको संख्या ह्वात्तै बढ्न थालेको बताए ।
जाडो र शीतलहरबाट बच्नका लागि झोलिलो कुरा खाने,मर्निङ वाक जाँदा मोटो कपडा लगाएर जाने र न्यानो लुगा लगाएर घर भित्रै बस्न उपयुक्त हुने डा. जोशीको भनाइ छ ।
तराई र पहाडका विभिन्न स्थानहरुमा शीतलहर र जाडो छेक्न नागरिकहरुले आगो ताप्ने गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नं. १३ का स्थानीय विनोद पन्तले दुईदिन यता शीतलहरसँगै जाडो बढेका कारण काम छोडेर आगो ताप्ने गरेको बताए ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले विभिन्न वडाहरुमा कम्मलहरु वितरण गर्ने कार्य जारी राखेको बताए । उनले रेडक्रस संग समन्वय गरेर चिसोको बेला नागरिकलाई सुरक्षित राख्नका लागि पहल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण