कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गरेको अभियोगमा पक्राउ, प्रहरीको सेट बोक्ने पनि समातिए
काठमाडौँ । कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धादिङको कटुन्जे–९ घर भई हाल ललितपुर बस्ने ४२ वर्षीय सुमन भनिने मान बहादुर गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
रेहाना एजुकेसन कन्सल्टेन्सी संचालक भन्दै उनले विदेश पठाइदिने नाममा साढे १० लाख ठगी गरेको उजुरी म्याग्दीको मालिका ५ का हुमलाल गुरुङले उजुरी दिएका थिए ।
सो उजुरीपछि महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई राजधानीको डिल्लीबजारबाट पक्राउ गरेको हो ।
यस्तै प्रहरीले ठगी कार्यमा संलग्न अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले बोक्ने वाकिटकी सेट देखाएर ठग्दै आएको उजुरीको आधारमा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महाशाखाले पक्राउ गरेको हो ।
उनले सिभिल प्रहरीलाई अभद्र व्यबहार गरेको समेत प्रहरीले जनाएको छ । दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण