राप्रपालाई वैकल्पिक शक्ति बनाउँछौंः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुकुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने बताएका छन् । हेटौँडामा पार्टी जिल्ला समितिद्वारा आज आयोजित विस्तारित बैठकमा बोल्दै अध्यक्ष थापाले धर्म, संस्कृति र गौरवशाली पहिचानको रक्षा, संरक्षण र सम्बद्र्ध्नका साथ मुलुकलाई सवल र समृद्धिको मार्गमा डो्याउँदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गरे ।
आफ्नो धर्म, संस्कृति र पहिचानको पक्षमा बोल्दा कुनै हिनताबोध राख्नुपर्ने आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले उच्च मनोबलका साथ पार्टीको फरक र मौलिक विचार जनता समक्ष लैजान कार्यकर्तालाई आग्रह गरे ।
एनसेल, बालुवाटार जग्गा, वाइडबढी, गोकर्ण रिसोर्ट, सुन काण्ड जस्ता भ्रष्टाचार काण्डको जवाफ जनताले एक दिन खोज्ने अध्यक्ष थापाको भनाइ थियो । जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सहमहामन्त्री दीपक सिंह, केन्द्रीय सदस्य, जिल्ला, क्षेत्र र नगरका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण