बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल हुँदै कसरी पुग्यो आतंकवादी समूह अयोध्या ? मोदीको भ्रमणमा हाइ अलर्ट

बिहीबार, १० पुस २०७६, ०० : ०३
बिहीबार, १० पुस २०७६

एजेन्सी । भारतीय गुप्तचर एजेन्सीहरूले अयोध्यामा आतंकवादी आक्रमणको धम्की आएको भन्दै सतर्क रहन आह्वान गरेका छन् ।  पाकिस्तानी आतंकवादी संगठन जैश ए मुहम्मदले अयोध्यामा आक्रमण गर्ने सूचना प्राप्त भएको भन्दै गुप्तचर एजेन्सीहरुले सतर्क रहन आग्रह गरेका हुन् । सो समूहका  नेता मसूद अजहरले भगवान रामको शहर अयोध्यामा ठाउँ–ठाउँमा आक्रमण गर्ने षडयन्त्र गरिरहेको गुप्तचर एजेन्सीहरुको आशंका छ । यो सूचना पाउने बित्तिकै उत्तर प्रदेश पुलिसले अयोध्याको सुरक्षा कडा पारेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले चार महिनामा अयोध्यामा गगनचुम्बी राममन्दिर निर्माण गर्ने घोषणा गरेलगत्तै मसूदले आतंकवादी संगठनसँग सम्बन्धित सामाजिक सञ्जालमार्फत भारतीय भूमिमा आक्रमण गर्ने संकेत दिएको बताइएको छ । अजहर मसूदले आफ्नो भिडियो सन्देशमा अयोध्याको पवित्र भूमिमा भयंकर आतंकवादी हमला गर्ने चेतावनी दिएको जागरण डटकमले जनाएको छ ।

सो आक्रमणको तयारीका लागि एक महिनाअघि नै ७ पाकिस्तानी आतंकवादी नेपाल हुँदै भारत प्रवेश गरेको गुप्तचर एजेन्सीहरूले दाबी गरेका छन् । एजेन्सीहरुका अनुसार आतंकवादीहरु उत्तर प्रदेशको गोरखपुर र अयोध्या जिल्लामा लुकिरहेको आशंकामा पुलिसहरुले सर्च अभियान चलाएपनि भेट्न सकिरहेका छैनन् ।

जैश ए मुहम्मदका यी सात जना आक्रमणकारीमध्ये पाँच जनाको पहिचान भइसको भारतीय प्रहरीको भनाई छ । आक्रमणका लागि सो संगठनले मुहम्मद याकूब, अबु हमजा, मुहम्मद शाहबाज, निसार अहमद र मुहम्मद कोमी चौधरीलाई खटाएको प्रहरीको दाबी छ । 

प्रधानमन्त्री मोदीको उत्तर प्रदेश भ्रमणका लागि सतर्क 

आतंकवादी हमलाको धम्कीलाई ध्यानमा राख्दै खुफिया र सुरक्षा एजेन्सीहरूले ती सात आतंककारीहरूको खोजी युद्धस्तरमा अघि बढाइरहेका छन् । त्यसकारण पनि प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तर प्रदेश भ्रमणलाई पनि अत्यधिक सतर्कताको श्रेणीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप