‘दबंग थ्री’ सय करोड कमाउने सलमान खानको १५ औं फिल्म बन्यो
सलमान खानको ‘दबंग थ्री’ ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । सय करोड भारु व्यापार गर्ने सलमान खानको यो १५ औं फिल्म हो । फिल्मले रिलिजको पाँचौं दिन १२ करोड भारुको कारोबार गरेको छ । यो हिसाबले अहिलेसम्म फिल्मले १०३.८५ करोड भारु कमाई गरेको छ । फिल्ममा सलमानबाहेक सोनाक्षी सिन्हा, किच्चा सुदीप, सई मांजरेकर मुख्य भूमिकामा छन् ।
गत शुक्रबार रिलिज भएको दबंग सिरिजको तेस्रो फिल्म सय करोड क्लबमा समावेश भएको छ । नायकको प्रोडक्सन हाउसको आधिकारिक ट्वीटर ह्यान्डलबाट यो कुरा पुष्टि भएको हो ।
फिल्मले शुक्रबार २४.५० करोडको व्यापार गरेको थियो । यस्तै शनिबार फिल्मले बक्स अफिसमा २४.७५ करोड भारु जुटाएको थियो । फिल्मले आइतबार प्रदर्शनमा सुधार गर्दै ३१.९० करोड भारु कलेक्सन गर्यो । त्यसपछि सोमबारको व्यापार १०.७० भारु रह्यो । फिल्मले रिलिजको पाँचौं दिन अर्थात् मंगलबार १२ करोड भारु व्यापार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण