भन्सार छली ल्याएका ५५ लाख मूल्य बराबरका विद्युतीय सामग्री बरामद
बिहीबार, १० पुस २०७६, १६ : १९
काठमाडौँ । प्रहरीले भन्सार छली ल्याएका करीव ५५ लाख रूपैया बराबरका विद्युतीय समानसहित २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २५ टेंगालबाट गुहेश्वरी बस्ने २७ वर्षिय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
टेगाल स्थित हरिबहादुर श्रेष्ठको घर खानतलासी गर्दा २ वटा कोठाबाट प्रहरीले नगद १५ लाख ७७ हजार र ५ लाख ७३ हजारको चेक बरामद गरेको जनाएको छ ।
यसै गरी आईप्याड २३ थान, आईफोन १८ थान, एप्पल वाच ९ थान, वायरलेस एयरफोन ६ थान, एप्पल पेन्सिल १ थान, म्याजिक माउस १ थान, सामसुङ मोबाइल १५ थान, क्यामरा लेन्स एक थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण