रुखले किचेर वृद्धको मृत्यु
बिहीबार, १० पुस २०७६, १८ : ३३
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा ढलेको रुखले किचेर एक वृद्धको ज्यान गएको छ ।
आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो ।
प्रहरीका अनुसार आज दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेरिरहेका वृद्धलाई अचानक ढलेको रुखले किचेको थियो ।
मेशिनभन्दा झण्डै पाँच मिटर पर रहेकोे सुकेको रुख मेशिनको भाइब्रेसनका कारण अचानक ढलेको हुन सक्ने चौकीका प्रहरी सहायक निरीक्षक गोपीलाल लिम्बूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
-
१० बजे १० समाचार : सम्पत्ति छानबिनबारे सर्वोच्चको आदेशदेखि गणेश नेपालीको मृत्युले हंगामासम्म
-
सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण