काठमाडौँमा ‘खुकुरी सांगीतिक महोत्सव’ आयोजना हुने
काठमाडौं– खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरीद्वारा प्रायोजित ‘खुकुरी सांगीतिक महोत्सव’ को आयोजना हुन गइरहेको छ ।
आगामी डिसेम्बर २८ शनिबारको दिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म काठमाडौँस्थित मल्ल होटेलमा उक्त महोत्सव आयोजना हुन गइरहेको हो ।
नेपाली युवाहरुलाई खुकुरी रमका विभिन्न स्वादसँगै मनपर्ने संगीतकारहरुको प्रत्यक्ष प्रस्तुति अनुभव दिलाउने उद्देश्यले यस सांगीतिक महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा खुकुरीका विभिन्न पेय पदार्थमध्ये ‘हट रम पन्च’ कक्टेल मुख्य आकर्षण रहने छ ।
पहिलो पटक आयोजना हुन गइरहेको यस महोत्सवमा बिक्की गुरुङ, बर्तिका इयम राई, विपुल क्षेत्री, द एलिमेन्ट्स, भेक, ब्लुज एण्ड स्पार्क, पहेँलो बत्ति मुनि तथा ५ः५५ जस्ता लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ भने डीजे फिन्जोक, डीजे बिकी कुल, डि जे बिपिएम, डि जे विधान, डि जे नील, डि जे मनिष र डि जे पल टेन जस्ता चर्चित डीजेहरुले पनि आफ्नो संगीत प्रस्तुत गर्नेछन् ।
यसअघि खुकुरी रमले ‘खुकुरी म्युजिक टुर’ नामले स्थानीय सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको थियो । खुकुरी सांगीतिक महोत्सव जस्तो वृहत् महोत्सव आयोजना गर्न गइरहेको भने यो पहिलो पटक हो र कम्पनीले यो महोत्सवलाई यस वर्ष प्रायोजन गर्ने जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण