घुस लिएको अभियोगमा पक्राउ
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बेसक्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार र प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।
घरायसी सामान आयात गर्न सहज गरिदिने भन्दै सशस्त्र प्रहरी बलका दुई सदस्यले रु छ हजार घुस लिएको आरोप लागेको छ ।
आयोगको बुटवलबाट गएको टोलीले प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी र सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई घुससहित गैडहवा–३ सग्रहवाबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले बुधबार महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई रु ३० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगका अनुसार उनीहरुलाई बुधबार नै पक्राउ गरिएको भए पनि आवश्यक अनुसन्धानपछि आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण