१७ वर्षीया युवतीले विमान चोरिन्ः उडाउने कोसिममा बारमा ठोक्किइन्, पक्राउ
शुक्रबार, ११ पुस २०७६, ०८ : ४९
अमेरिकाको क्यालिफोर्नियामा १७ वर्षकी एक किशोरी लुकिछिपी एयरपोर्टभित्र प्रवेश गरिन् र एउटा सानो विमान उडाउने कोसिस गरिन् । यद्यपि, उनको कोसिस सफल हुन सकेन । उडाउने कोसिस गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा ठोक्किएको छ ।
घटना पुस २ गते फ्रेस्नो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलको हो । एयरपोर्टमा उपस्थित पुलिसका अनुसार युवतीले विमानको इन्जिन चलाइन् र नजिकै जंजिरले बनेको बारमा ठोक्किन पुगिन् । विमानस्थलभित्र प्रवेशका लागि किशोरीले सैन्य क्षेत्रबाट करिब ४ सय मिटर टाढा बनाइएको बारबाट घुसपैठ गरेको बताइन्छ ।
किशोरीलाई विमान चोरीको शंकामा पक्राउ गरिएको छ ।
घटनाका कारण कसैलाई पनि चोटपटक भने नलागेको पुलिसले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण