झापामा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या
शुक्रबार, ११ पुस २०७६, १४ : ३८
झापा । आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मु छन्।
आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई छुरा प्रहार गरी हत्या गरेको अभियोग मुर्मुमाथि लगाइएको छ।
घरायसी विवादको कारण मुर्मुले आफ्नै श्रीमतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवगन्ज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी तारामई हेमरनको प्राथमिक स्वास्थ्य केन्द्र शिवगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण