लागूऔषधसहित दुई जना पक्राउ
शुक्रबार, ११ पुस २०७६, २० : १५
सिरहा । सिरहा प्रहरीले सिरहा नगरपालिका १७ पटेर्वाबाट दुई जनालाई ७ सय ६५ पिस लागूऔषधको ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका– ४ रमौलका २० वर्षीय मोहम्मद रहिम र नरहा गाउँपालिका– ४ का २७ वर्षीय एमामुदिन राइन रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पक्राउ परेका एमामुदिनको साथबाट ७ सय २० पिस लागुऔषध नाइट्रोभेट ट्याब्लेट र रहिमको साथबाट ४५ पिस नाइट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै जना स ५ प ५०७५ नम्बरको मोटरसाइलमा भारतीय बजार जयनगरबाट लागूऔषध खरिद गरि नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचको सिरहा नगरपालिका १७ पटेर्वाबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण