सिटीलाई वल्भ्सको धक्का
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलमा वल्भ्ससँग ३–२ गोलले पराजित भएको छ । यस हारले सिटीको उपाधि यात्रा पनि कमजोर बनेको छ । सुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको सिटीमाथि वल्भ्सले पुनरागमन जित निकालेको थियो ।
घरेलु मैदानमा वल्भ्सलाई जिताउन एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरे । सिटीका लागि दुवै गोल रहिम स्ट्रलिङले गरेका थिए । खेलको १२औं मिनेटमा सिटी १० खेलाडीमा समेटिएको थियो । सिटीका गोलरक्षक इडर्सन मोरेस रातो कार्ड पाउँदै बाहिरिएपछि सिटी दबाबमा थियो । वल्भसका डिएगो जोटालाई वान भर्सेस वानको अवस्थामा डिबक्स भित्र लडाएपछि इडर्सनले रातो कार्ड पाएका थिए ।
त्यसपछि २१औं मिनेटमा सिटीका स्ट्रलिङ पेनाल्टीमा चुके । वल्भ्सका डेन्डनकरले सिटीका रियाद महारेजलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई पेनाल्टी दिएका थिए । स्ट्रलिङले पेनाल्टी हान्दा वल्भ्सका खेलाडीले लाइन क्रस गरेको भन्दै रेफ्रीले पुनः सिटीलाई पेनाल्टी हान्न दिए । स्ट्रलिङको अर्को प्रहारलाई वल्भ्सका गोलरक्षक रुइ प्याट्रेसियोले फर्काए । तर, सोही रिवाउन्डमा स्ट्रलिङलले गोल गरे ।
पहिलो हाफमा अग्रता लिएको सिटीले ५०औं मिनेटमा अग्रतालाई दाब्बर बनायो । स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दै दोस्रो हाफको सुरुवातमै सिटीलाई बलियो बनाए । त्यसपछि आक्रामक बनेको वल्भ्सले ५५औं मिनेटमा पहिलो गोल फर्कायो । एडमाले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काए । ८२औं मिनेटमा राहुल जिमिनेजले बराबरी गोल गरे ।
८९औं मिनेटमा माटले गोलगर्दै वल्भ्सलाई रोचक जित दिलाए । यस जितसँगै वल्भ्स पाँचौं स्थानमा उक्लिएको छ । वल्भ्सले १९ खेलबाट ३० अंक बनाएको छ । हारसँगै सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमायो । ३८ अंक बनाएको सिटी तेस्रो स्थानमा यथावत छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलबाट ५२ अंक छ । दोस्रो स्थानमा आसिन लेस्टर सिटीको ३९ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण