ब्रुस लीको तस्बिर प्रयोग गर्दा चिनियाँ रेष्टुरेन्टविरुद्ध मुद्दा दर्ता, छोरीले मागिन् ३ अर्ब क्षतीपूर्ती
मार्शल आर्टस् फिल्मका स्टार ब्रुस लीकी छोरी शेनन लीले एक चिनियाँ रेष्टुरेन्टविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । शेननले रेष्टुरेन्टले अधिकार खरिद नगरिकनै आफ्नो पिताको फोटो विगत १५ वर्षदेखि ‘लोगो’को रुपमा प्रयोग गरिरहेको आरोप लगाएकी छिन् । उनले रेष्टुरेन्टसँग २१० मिलियन युआन (करिब ३ अर्ब ४२ करोड रुपैयाँ) क्षतीपूर्तीको पनि माग गरेकी छिन् ।
यद्यपि, रेष्टुरेन्टले आफ्नो लोगोलाई धेरै अघि चिनियाँ अधिकारीले मञ्जुरी दिइसकेको बताएको छ ।
ब्रस लीकी छोरीले उक्त चिनियाँ रेष्टुरेन्टलाई लगातार ९० दिनसम्म आफ्नो लोगो ब्रुस लीसँग कुनै पनि हालतमा सम्बन्धित नभएको स्पष्टिकरण दिन मागसमेत गरेकी छिन् ।
शेनन लस एन्जिलिसमा ब्रुस ली इन्टरप्राइजेज नामको कम्पनी चलाउँछिन् जसले ब्रुस लीको फोटो लाइसेन्स गर्ने काम गर्छ ।
कम्पनीले के भन्यो ?
ग्वाङ्झुस्थित रेष्टुरेन्ट चेन रियल कुंग फूले भनेको छ, ‘यत्तिका वर्षपछि हामीविरुद्ध मुद्दा दर्ता हुँदा हामी थोरै अलमलमा परेका छौं । हामी यो विषयमा अनुसन्धान गरिरहेका छौं र चाँडै नै प्रतिक्रिया दिनेछौं । ’
बिहिबार कम्पनीले आफ्नो लोगोलाई चिनियाँ अधिकारीले निकै अघि मञ्जुरी दिएको बताएको छ ।
स्मरण रहोस्, यो रेष्टुरेन्ट चेनको सुरुवात सन् १९९० मा भएको थियो र सन् २००४ देखि रेष्टुरेन्टले यो लोगोको प्रयोग गरिरहेको छ जसमा ब्रुस लीजस्ता देखिने व्यक्तिको एक तस्बिर छ । कम्पनीका संस्थापकका अनुसार यो रेष्टुरेन्टका देशैभरी ६ सय बढी स्टोर्स छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण