सलमान खानको जन्मदिनको पार्टीमा भेला भए उनका पूर्व प्रेमिकाहरु, तस्बिरमा
बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे ।
उनको जन्मदिनको पार्टीमा उनकी दबंग को–स्टार सोनाक्षी सिन्हा पनि पुगिन् ।

सोनाक्षीसँगै उनकी आमा पूनम सिन्हा पनि उक्त कार्यक्रममा पुगिन् । सलमान खानले उनलाई अँगालो हालेर स्वागत गरे ।
सलमानको बर्थडे पार्टीमा बलिउड नायिका उर्वशी रौतेला पनि उपस्थित भइन् र उनले आफ्नो अचम्मको स्टाइलमा मिडियालाई पोज दिइन् ।
सलमानका भाइ अरबाज आफ्नी प्रेमिका जर्जिया एन्ड्रियानीसँग ।
सलमानको जन्मदिनको पार्टीमा संगिता बिजलानी पनि पुगेकी थिइन् । स्मरण रहोस् उनको नाम कुनै बेला सलमानसँग जोडिएको थियो । उनीसँग विवाहको मिति तोकिएको र कार्ड नै छापिएको पनि विभिन्न भारतीय मिडियाले बताउने गरेका छन् ।
यो मौकामा सलमान खानकी नजिककी साथी एवं कथित प्रेमिका युलिया पनि पुगेकी थिइन् ।
सलमान खानलाई जन्मदिनको बधाइ दिन उनकी पूर्व प्रेमिका कट्रिना कैफ पनि पुगेकी थिइन् ।
सलमान खानकी बहिनी अर्पिता छोरा आहिल र श्रीमान् आयुषसँग कार्यक्रममा उपस्थित भइन् । अर्पिताले दाइ सलमानको जन्मदिनको अवसर पारेरै शल्यक्रियामार्फत् छोरीलाई जन्म दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण