फेसबुकमा चिनजान र २२ वर्षीयाको पहिलो भेटमै हत्या
दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा फ्याँक्ने जीमखानाका मालिकलाई जयपुर पुलिसले हिरासतमा लिएको छ । उनले सोधपुछको क्रममा निकै अचम्मित गरिदिने खुलासा गरेका छन् । अनुसन्धानमा सार्वजनिक भएअनुसार यी दुई डिसेम्बर ६ मा पहिलो पटक दिल्लीमा भेटेका थिए र त्यसै दिन जिमखानाका मालिकले ती युवतीको हत्या गरेका थिए । घटना हुनु एक महिना अघि यी दुईको भेट फेसबुकमार्फत् भएको थियो । उनले युवतीको फोनबाट ट्याक्सी बुक गरेको र पक्राउ पर्ने डरले डिसेम्बर ७ तारिखमा ड्राइभरको पनि हत्या गरे । जुन कपडाले आरोपीले रगत पुछेका थिए पुलिसले उक्त कपडा ड्राइभर देवेन्द्र सिंहको कारबाट बरामद गरेको छ ।
भारतीय मिडियाका अनुसार ३५ वर्षे जिमखानाका मालिकको नाम हेमन्त लाम्बा हो । सूरतबाट १० डिसेम्बरमा पक्राउ गरेपछि उनलाई हरियाणा पुलिसलाई सुम्पिइएको थियो । बिहिबार जयपुर पुलिसले उनलाई हिरासतमा लिएको छ । घटनाको अनुसन्धान गरिरहेका एक पुलिस अधिकारीले टाइम्स अफ इन्डियालाई भने, ‘सोधपुछको क्रममा युवतीको हत्या भएको दिन आफू अत्यधिक नशामा भएको लाम्बाले बताए ।’
युवतीको मोबाइलबाट कार बुकः
पुलिसका अनुसार फेसबुकमा दोस्तीपछि लाम्बाले ती महिला सोचेअनुसार नभएको र उनलाई अर्कै एक महिलाले परिचालित गरेको आशंका गरेका थिए । ती अर्की महिलाले लाम्बाविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् जसका कारण उनलाई पक्राउ पनि गरिएको थियो ।
२२ वर्षीया दिप्ती गोयलको हत्या गरेपछि हेमन्तले युवतीको मोबाइलबाट दिल्लीबाट जयपुरका लागि ट्याक्सी भाडामा लिएका थिए । त्यसपछि जयपुर पुगेपछि उनले ट्याक्सी ड्राइभरको पनि हत्या गरेका थिए । जब उनी सूरतमा ट्याक्सी बेच्नका लागि हतारिएका थिए तब कार डिलरले शंका लागेपछि स्थानीय पुलिसलाई जानकारी दिएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको थियो ।
ट्याक्सीभित्र रगत पुछ्ने कोसिस गरिरहेका थिएः
ट्याक्सी ड्राइभरको हत्या गरेपछि हेमन्तले जुन कपडाले ट्याक्सी भित्रको रगत सफा गर्ने कोसिस गरेका थिए त्यो पनि बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण