सन् २०१९ मा अमेरिकाको इतिहासमै सबैभन्दा बढी सामुहिक हत्याकाण्डका घटना
वासिङ्टन । सन् २०१९ मा अमेरिकाको इतिहासमै सबैभन्दा बढी सामुहिक हत्याकाण्डका घटनाहरु भएको एक अनुसन्धानले देखाएको छ ।
एसोसिएटेड प्रेस, युएसए टुडे र नर्थइस्टर्न युनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा अमेरिकामा यो वर्ष ४१ वटा घटनामा २ सय ११ जनाले ज्यान गुमाएका छन् ।
सामुहिक हत्याकाण्ड भनेर आरोपीबाहेक एउटै घटनामा चार वा सोभन्दा बढी व्यक्ति मारिएको घटनालाई लिइएको थियो ।
सन् २०१९ को मे महिनामा भर्जिनियाको तटमा भएको सामुहिक हत्याकाण्डमा १२ जनाले ज्यान गुमाएका थिए भने अगस्तमा एल पासोमा २२ जनाले ज्यान गुमाएका थिए । यस वर्ष भएका ४१ घटनामध्ये ३३ मा बन्दुकको प्रयोग भएको थियो ।
यस तथ्याङ्कमा सन् २००६ देखिको सामुहिक हत्याकाण्डका तथ्याङ्कहरु समावेश गरिएको छ ।
सन् २०१९ पछि सबैभन्दा बढी सामुहिक हत्याकाण्डका घटना सन् २००६ मा भएको थियो । त्यतिबेला ३८ वटा त्यस्ता घटनाहरु भएका थिए ।
सन् २०१९ मा सबैभन्दा धेरै घटनाहरु भए पनि सन् २०१७ मा सबैभन्दा बढी २२४ जनाले ज्यान गुमाएका थिए । सो वर्ष लास भेगासको महोत्सवमा भएको गोलीबारीको एउटै घटनामा ५९ जनाले ज्यान गुमाएका थिए ।
अनुसन्धानकर्ताहरुले यस्ता धेरै सामुहिक हत्याकाण्ड पारिवारिक र आपराधिक समूहबीच हुने गरेकाले चर्चा कम पाउने गरेको पनि बताएका छन् ।

अमेरिकामा हत्याको समग्र सङ्ख्यामा कमी आए पनि सामुहिक हत्याकाण्डको घटनामा भने बृद्धि भएको मिनिसोटास्थित मेट्रोपोलिटन स्टेट युनिभर्सिटीका प्राध्यापक तथा अपराध विज्ञ जेम्स डेन्सलीले बताए । अमेरिकाको समाजमा ‘क्रोद्ध र नैराश्यता’ बढ्नु पनि यस्ता घटनाहरुमा बृद्धि हुनुको एक कारण रहेको प्राध्यापक डिन्सली बताउँछन् । ‘यो युग सामुहिक गोलीकाण्डको युग बनेको छ,’ उनले भने ।
अमेरिकामा गोलीकाण्डका घटनाहरुमा वृद्धि भए पनि अमेरिकी कानुननिर्माताहरुले हतियारको नियन्त्रणमा खासै चासो देखाएको पाइँदैन । डेयटन, ओहायो र एल पासोमा भएको गोलीकाण्डपछि गत अगस्तमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियारसम्बन्धि अधिकारी बारे सांसदहरुसँग गम्भीर छलफल भइरहेको बताएका थिए । तर, यसको विरुद्धमा रहेको नेसनल राइफल एशोसिएसनका प्रमुख कार्यकारी वेयन लापेरीसँगको लामो फोन वार्तापछि ट्रम्प आफ्नो प्रतिबद्धताबाट पछि हटेका थिए ।
टेलिफोन वार्तापछि ट्रम्पले अमेरिकामा हतियार किन्न अघि किन्ने व्यक्तिबारे कडा अनुसन्धान हुने गरेको जिकिर गर्दै यस्ता सामुहिक हत्याकाण्ड ‘मानसिक समस्या’ भएको जिकिर गरेका थिए ।
यता, डेमोक्र्याटहरुले भने हतियार नियन्त्रणबारे कडा नियमहरु लागु गर्नुपर्ने माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण