सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सोमबार, १४ पुस २०७६, १२ : १५
सोमबार, १४ पुस २०७६

काठमाडौं । मोरङ र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । 

मोरङ, धनपालथान गाउँपालिका ४ कर्सियास्थित सडकमा को १ त ७८४३ नम्बरको ट्याक्टरले को ३८ प १७७ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सुनसरी दुहवी नगरपालिका ११ पचिरा बस्ने १८ वर्षीय रुपेश चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । 

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुहवी नगरपालिका ११ पचिरा बस्ने १७ वर्षीय चन्द्र प्रकाश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सप्तरी, बोदेबर्साईन नगरपालिका २ बैरीयास्थित सडकमा स १ त ६९९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ आइतबार साँझ दुर्घटना हुँदा चालक  खड्क नगरपालिका ११ बनौली बस्ने ३० वर्षीय किसुन मण्डलको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप