सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं । मोरङ र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
मोरङ, धनपालथान गाउँपालिका ४ कर्सियास्थित सडकमा को १ त ७८४३ नम्बरको ट्याक्टरले को ३८ प १७७ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सुनसरी दुहवी नगरपालिका ११ पचिरा बस्ने १८ वर्षीय रुपेश चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुहवी नगरपालिका ११ पचिरा बस्ने १७ वर्षीय चन्द्र प्रकाश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सप्तरी, बोदेबर्साईन नगरपालिका २ बैरीयास्थित सडकमा स १ त ६९९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ आइतबार साँझ दुर्घटना हुँदा चालक खड्क नगरपालिका ११ बनौली बस्ने ३० वर्षीय किसुन मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण