भारती सिंहलाई कपिल शर्माको शोबाट हटाउने माग उठ्यो, आखिर किन ?
रबिना टण्डन, फराह खान र भारती सिंहमाथि पंजाब पुलिसले एक समुदायको धार्मिक भावनालाई आहत गरेको भन्दै ऊजुरी दर्ता गरिएको छ । यो मामलापछि भारतीलाई कपिल शर्मा शोबाट बाहिर निकाल्नुपर्ने माग सोसल मिडियामा अत्यधिक बढेको छ ।
उक्त ऊजुरी अजनाला ब्लकको क्रिस्चियन फ्रन्टका अध्यक्ष सोनू जफरले दर्ता गरेका हुन् । भारती, रबिना र फराहले क्रिश्चियन धर्मावलम्बीहरुको धार्मिक भावनालाई आहत पुर्याएको आरोप लगाएका छन् । यसैबीच ऋजबलनभ।इचन मा एउटा पेटिशन भाइरल भइरहेको छ जसमा भारतीलाई ‘द कपिल शर्मा शो’ बाट निकाल्नुपर्ने माग भइरहेको छ । एन्ड्रू डेविड नामका व्यक्तिले उक्त पेटिशन सुरु गरेका छन् जसलाई अहिलेसम्म ७ हजार १ सय ६७ बढीले हस्ताक्षर गरिसकेका छन् । यस्तै यो पेटिशनमा कूल ७ हजार पाँच सयको हस्ताक्षर माग गरिएको छ ।
रबिना र फराहले मागे माफीः
रबिनाले भिडियोको लिंक शेयर गर्दै ट्वीट गरिएको थियो, ‘प्लिज यो लिंकलाई नहेर्नुहोस् । साथै मैले धर्मको अपमान गर्ने उद्देश्यसहित त्यस्तो केही पनि भनेको थिइनँ । हामी तीन (फराह, रबिना र भारती) मध्ये कसैको पनि यस्तो उद्देश्य थिएन । तर यदि हामीमार्फत् यस्तो भएको छ भने हामी मनैबाट माफी माग्छौं ।’
यस्तै फराहले ट्वीट गरेका थिए, ‘मलाई दुःख छ कि मेरो शोको एउटा एपिसोडले केही मानिहसरुको भावनामाथि ठेस् पुगेको छ । म हरेक धर्मको सम्मान गर्छु र कसैको पनि अपमान गर्नु मेरो उद्देश्य थिएन । मेरो पूरा समूह, रबिना टन्डन, भारती सिंह र मेरोतर्फबाट सरी ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण