अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम छ: पर्यटनमन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको बताएका छन् । नेपाल पर्यटन वोर्डको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अत्यन्तै कम रहेको बताएका हुन् ।
नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहन नहुने बताउँदै अवको १० वर्षमा कम्तीमा १० प्रतिशत पु¥याउने योजना सरकारको रहेको बताए । उनले संघीय संरचनापछि सबैभन्दा धेरै फाइदा पर्यटन क्षेत्रलाई भएको बताउँदै पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सरकारले विभिन्न योजनाहरु बनाएको समेत जानकारी दिए । त्यस्तै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रुपमा लिनुपर्ने बताए । उनले यो अभियान १० वर्ष सम्म चल्ने समेत बताए ।
मन्त्री भट्टराईले पर्यटन क्षेत्रलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रको रुपमा विकास गर्न सकिने समेत बताए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले १० वर्षमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेगरी पर्यटन क्षेत्रमा काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण