अर्घाखाँचीमा भ्रमण वर्ष: मन्दिरलाई ४० किलोको घण्टा हस्तान्तरण गरेर शुभारम्भ
बुटवल । अर्घाखाँचीमा मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । प्रदेश सांसद तथा नेपाली काँग्रेस संसदीय दल प्रदेश–५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका–३ मा पर्ने मालारानी मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् ।
मालारानी मन्दिरलाई ४० किलोको घण्टा हस्तान्तरण गर्दै सांसद क्षेत्रीले लुम्बिनी क्षेत्र हुँदै अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न आउने पर्यटकलाई मालारानीसम्म लैजाने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । ‘मालारानी मन्दिर वरिपरि पर्यटक आकर्षण गर्ने वातावरण छ’ उनले भनिन, ‘पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छ ।’
भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले गरिएको कार्यक्रममा बोल्दै सचेतक क्षेत्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको कला, संस्कृति र इतिहाससँग जोड्नुपर्ने बताइन् । पर्यटक बढ्दा नेपाललाई फाईदा नै हुने भन्दै उनले यसलाई सफल बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले समग्र मालारानीको विकासका लागी पर्यटन क्षेत्रको विकास जरुरी रहेको बताए । मुलुकको समग्र विकासका निम्ति धर्म र संस्कृतिलाई पर्यटन क्षेत्रसँगै जोड्नुपर्ने काठमाडौंको पशुपति अन्नपूर्णा आश्रमका संस्थापक प्राध्यापक डा.जगदिश वैद्यले बताए ।
काठमाडौंको पशुपति अन्नपूर्णा आश्रमले घण्टा सहयोग गरेको थियो । प्राध्यापक डा.वैद्य लगायतको टोलीको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिलाई घण्टा हस्तान्तरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण