सिभिल बैंकले मनायो नवौं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रम सम्पन्न
काठमाडौं– सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ ।
बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ । त्यसैगरी, लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ ।
चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५,००० को आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृस्टीविहिनहरुको सहयोगार्थ १०० थान विशेस छडी प्रदान गरेको छ ।
बैंकको ईलाम स्थित मांईजोगमाई शाखा मार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । बैंकको झापा स्थित सुरुङ्गा शाखा मार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ ।
बैंकको विराटनगर शाखा मार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ । सिभिल बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ १ थान प्रिन्टर प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण