ट्याक्टर सडकबाट पाँच सय मिटर तल खस्दा एकको मृत्यु
बुधबार, १६ पुस २०७६, ०८ : ५९
गएराती दाङ्गमा ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाईते भएका छन् ।
जिल्लाको बबई गाउँ गाउँपालिका–२ रातामाटास्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ त ३२५७ नम्वरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खस्दा सोही गाउँपालिका ५ जौबारीका २६ बर्षीय चालक खुमबहादुर बुढाथोकीको मृत्यु भएको हो ।
त्यस्तै सह चालक रातामाटाका २५ बर्षीय टोपबहादुर खत्री गम्भीर घाईते भई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
मृतक बुडाथोकीको राप्ती प्रादेशिक अस्पतालमाउपचारका क्रममा मृत्यु भएको र उनको शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण