उखु किसानको आन्दोलनमा महरको ऐक्यबद्धता
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा संघर्षरत उखु किसानहरुको आन्दोलनमा नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले ऐक्यबद्धता जनाएका छन् ।
नेता महरले उखु किसानको समस्या समाधानका निम्ति आफ्नो व्यक्तिगत प्रयास र नेपाली काङ्ग्रेसको संस्थागत प्रयास रहने जानकारी गराए ।
उनले भने, ‘राज्य किसान , श्रमिक, उपभोक्ता र विद्यार्थीहरुकाप्रती निकै उदासीन छ । तपाईंहरु संघर्षरत रहनुपर्ने अवस्थाले राज्य र यसका सञ्चलक नेकपाका नेताहरु कत्तिको समाजवादी र ईमानदार छन भन्ने कुरा प्रष्ट भएको छ । तपाईंहरुको अभियान र संघर्षमा हाम्रो ऐक्यबद्धता छ । कुनै पनि मुल्यमा यसलाई सार्थक बनाउन मैले व्यक्तिगत पहल गर्नुका साथै नेपाली काँग्रेसले संस्थागत पहल गर्नेछ ।’
उधारोमा बेचिएको उखुको वर्षौंदेखि भुक्तानी नभएपछि बाध्य भएर किसानले मण्डलामा विरोध गरेका छन्। ‘उखुको भुक्तानी तुरून्त गर,’ लेखिएको पर्चा छातीमा टाँसेर किसान मण्डलामा भेला भएका छन्। उनीहरूको माग धेरै छैन।
मात्रै उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने छ। यही माग लिएर ती किसान ११ दिनदेखि काठमाडौंमा छन्। हाम्रो मागका प्रति उदासिन राज्य उल्टै मालिकहरुसँग मिलेको अनुभूति भएको किसानका अगुवा रामकिशोर सिंहले बताए ।
किसानहरुले नेता महरलाई आफ्नो समस्या बताएका थिए । उनीहरुले पाउनुपर्ने रकम नपाउदा खेप्नुपरेको दु:ख, मानसिक उत्पीडिन र आर्थिक अभाववारे नेता महरलाई जानकारी गराए । काठमाडौँमा संघर्ष गर्दाको समस्या समेत उनीहरुले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण