सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको पहिलो दिन भारतीय सेनामा कार्यरत नेपाली युवकको मृत्यु

बिहीबार, १७ पुस २०७६, १० : ३४
बिहीबार, १७ पुस २०७६

भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बुधबार आतंकवादीहरुसँगको मुठभेडमा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ वर्षको पहिलो दिन जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरसहित दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । अर्जुनसँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि मृत्यु भएको छ ।

गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए ।

भारतीय सेनाले अर्जुनका परिवारलाई घटनाबारे जानकारी दिइसकेको बताइएको छ । अर्जुनका परिवारलाई शव लिनका लागि भारतीय सेनाले बोलाएको छ । नेपाली सीमासम्म उनको शव भारतीय सेनाले नै ल्याइदिने जनाइएको छ । 

बुधबार जम्मु–कश्मीरको राजौरी जिल्लाको नौशहरामा आतंकवादी र सुरक्षाकर्मीबीच मुठभेड भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप