एटीएममार्फत निकाल्न पाइने रकमको सीमा फेरि बढ्यो
काठमाडौँ । राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा बढाएको छ । यसअघि डेबिडकार्डमार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था गरेकोमा अहिले फेरि सीमा बढाइएको हो ।
बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो ।
यसअघि चिनियाँ ह्याकरको समूहले विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम चोरेपछि राष्ट्र बैंकले एक लाखको सीमा घटाएर ६० हजार बनाएको थियो ।
यस्तै अब विद्युतीय माध्यमबाट वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।
यसअघि यस्तो सीमा १ लाखसम्म थियो ।
यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा राखिने सुरक्षा गार्ड हटाउन निर्देशन पनि दिएको छ । अब सीसीटीभीमार्फत नै एटीएमको गतिविधि निगरानी गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण