अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर
एजेन्सी । सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छिन् । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो ।
क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलर भएकी हुन् भने पहिलो महिला चान्सलर हुनुभएको विश्वविद्यालयका अधिकारीहरुले जनाएका छन् । संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरुको भनाई छ ।
चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उनको यही जनवरीदेखि सुरु भएर आगामी पाँच बर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ ।
क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिश्पर्धामा रहेकी थिइन् । त्यसअघि उनी अमेरिकी विदेश मन्त्री पनि भएकी थिइन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण