सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नारायणकाजीले पोखरा पुगेर गराए राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता

आइतबार, २० पुस २०७६, १२ : ४९
आइतबार, २० पुस २०७६

रास्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनीसँगै नेकपाकी भगवती न्यौपानेले महिलातर्फबाट रास्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महिलाबाट म्यादीकी बिमला गौचनले उम्मेदवारी दर्ता गराउने छिन् । खुलाबाट स्याङ्जाका सुर्यप्रसाद रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराउने छन् । 

कांग्रेसका बिन्दा राना कास्की र गोरखाका सुरेन्द्र पान्डेको ठाउँमा रास्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । 

गण्डकी प्रदेशमा जम्मा जम्मी २ सय ५२ मतदाता छन् । ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्यले मत हाल्ने छन् । 

गण्डकी प्रदेशको मतदानस्थल जिल्ला निर्वाचन कार्यालय कास्कीको कार्यालयलाई तोकिएको छ । आउँदो माघ ९ गते रास्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदै छ ।  

नारायणकाजी समाजवादीका अध्यक्ष बाबूराम भट्टराईसँग प्रतिनिधि सभाका चुनावमा पराजित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप