नारायणकाजीले पोखरा पुगेर गराए राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता
रास्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनीसँगै नेकपाकी भगवती न्यौपानेले महिलातर्फबाट रास्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महिलाबाट म्यादीकी बिमला गौचनले उम्मेदवारी दर्ता गराउने छिन् । खुलाबाट स्याङ्जाका सुर्यप्रसाद रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराउने छन् ।
कांग्रेसका बिन्दा राना कास्की र गोरखाका सुरेन्द्र पान्डेको ठाउँमा रास्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
गण्डकी प्रदेशमा जम्मा जम्मी २ सय ५२ मतदाता छन् । ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्यले मत हाल्ने छन् ।
गण्डकी प्रदेशको मतदानस्थल जिल्ला निर्वाचन कार्यालय कास्कीको कार्यालयलाई तोकिएको छ । आउँदो माघ ९ गते रास्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदै छ ।
नारायणकाजी समाजवादीका अध्यक्ष बाबूराम भट्टराईसँग प्रतिनिधि सभाका चुनावमा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण