सरकारले भजन मण्डली तयार गर्न खोज्योः राप्रपा संयुक्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सूचना तथा सञ्चार प्रविधि विधेयकबाट सरकारले भजन मण्डली तयार गर्न खोजेको आरोप लगाएको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ ।
‘यो कानुनलाई रुपमा सत्ता पक्षले मर्यादा र अनुशासनको प्रतिक बताए पनि सारमा यो अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाएर सत्ताको भजन मण्डली तयार गर्ने नियोजित साजिस हो । विचार र धारणामाथि अंकुश लगाउने हतियार हो,’ आइतबार बसेको उच्च कार्यसम्पादन समितिको वैठकपश्चात राप्रपा (संयुक्तं) ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
एक दलीय अधिनायकवादलाई आफ्नो उद्देश्य र आदर्श मान्ने शक्तिबाट यस्तो कानुन निर्माणको क्रम अघि सारिनु अत्यन्तै आपतिजनक छ, राप्रपा (संयुक्त) को निष्कर्ष छ ।
वैठकले हरिबहादुर बस्नेत र नवराज सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनहरु कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज
-
तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति
-
कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य
-
बाबर आजमले तोडे विराट कोहलीको कीर्तिमान
-
कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्याउने १६ औँ योजनाको लक्ष्य
-
भरानले युनाइटेड छाड्ने