सरकारले भजन मण्डली तयार गर्न खोज्योः राप्रपा संयुक्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सूचना तथा सञ्चार प्रविधि विधेयकबाट सरकारले भजन मण्डली तयार गर्न खोजेको आरोप लगाएको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ ।
‘यो कानुनलाई रुपमा सत्ता पक्षले मर्यादा र अनुशासनको प्रतिक बताए पनि सारमा यो अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाएर सत्ताको भजन मण्डली तयार गर्ने नियोजित साजिस हो । विचार र धारणामाथि अंकुश लगाउने हतियार हो,’ आइतबार बसेको उच्च कार्यसम्पादन समितिको वैठकपश्चात राप्रपा (संयुक्तं) ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
एक दलीय अधिनायकवादलाई आफ्नो उद्देश्य र आदर्श मान्ने शक्तिबाट यस्तो कानुन निर्माणको क्रम अघि सारिनु अत्यन्तै आपतिजनक छ, राप्रपा (संयुक्त) को निष्कर्ष छ ।
वैठकले हरिबहादुर बस्नेत र नवराज सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनहरु कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण