आजको मौसम, हल्का वर्षाको सम्भावना
नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो ।
सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।
यसैगरी, सोमबार दिनभरी पश्चिमी र पूर्वी भूभागमा आंशिक र सामान्य बदली हुनेछ । भने पश्चिमी र पूर्वका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
रातमा भने देशभर सामान्य बदली हुनेछ । राति पनि मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपानको सम्भावना रहेको छ ।
यता, तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको छ । पूर्वानुमानका अनुसार साँझसम्म हुस्सु हटेर जाने र कुहिरो लागेको ठाउँमा भने घाम नलाग्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण