हेटौंडामा अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम
सोमबार, २१ पुस २०७६, १६ : ५१
हेटौंडा–प्रदेश नं. २ र ३ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा पुस १७, १८ र १९ गते टीसीएन मार्ग हेटौंडामा आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बिमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण दिए ।
त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बिमाको वारेमा जानकारी दिएका थिए । अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बिमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण