मध्यपूर्व सङ्कट: मस्कोमा जुट्दै दुई शक्ति राष्ट्र
एजेन्सी । जर्मनीकी चान्सलर एन्जेला मर्केलले मध्यपूर्वमा देखिएको राजनीतिक सङ्कटबारे मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनसँग छलफल गर्न आगामी शनिबार रूस जाने भएकी छिन् ।
‘मस्कोमा हुने भेटमा संयुक्तराज्य अमेरिकाले ड्रोनमार्फत इराकको राजधानीमा गरेको आक्रमणमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरिरहेका हेजबुल्लाह नेता अबु महदी अल मोहन्दिस र अन्य केही व्यक्तिको मृत्यु भएपछि परिवर्तित राजनीतिक अवस्थाबारे दुई नेताबीच छलफल हुनेछ,’सोमबार जर्मनीको सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मर्केललाई भ्रमणमा विदेशमन्त्री हेइको मासले साथ दिनेछन् ।
प्रवक्ता स्टेफेन सेइवर्टले भने, ‘भेटमा रूस र जर्मनीबीचको आपसी सम्बन्धलाई मजबुत पार्ने तथा जर्मन–रूस ग्यास पाइपलाइन आयोजनाबारे छलफल हुने कार्यक्रम छ । साथै इरान र इराकमा अमेरिकी ड्रोन आक्रमणपछि सिर्जना भएको राजनीतिक सङ्कट, सिरियाली द्वन्द्व र लिवियाली तनावलगायत बिषयमा पनि दुई देशका अधिकारीबीच छलफल हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण