मेगा बैंकले सार्वजनिक गर्यो आकर्षक दुई नयाँ बचत खाता योजना, ६.५% व्याजदर देखि १० लाखसम्मको दुर्घटना बिमा
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।
ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ ।
यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ ।
ग्राहकहरुलाई आकर्षक एवं नविनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ ।
नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभुति गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैँयासम्मको दुर्घटना बिमा, ३ लाख रुपैँयासम्मको प्राणघातक रोगहरुको बिमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बिमाको व्यवस्था बैंक आपैmले बिमा प्रिमियम शुल्क व्यहोर्ने गरी बिमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स मार्पmत गर्ने भएको छ ।
आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका अहिले देशभर १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण